चीनले पृथ्वीको तल्लको कक्षमा १३ हजारवटा भूउपग्रह पठाउन लागेपछि पश्चिमी मुलुकहरूले जासूसी गरिन लागेको भन्दै डर देखाएका छन् ।
५जी मोबाइल इन्टरनेट विस्तारको एक हिस्साका रूपमा चीनले अन्तरिक्षमा व्यापक संख्यामा भूउपग्रह राख्न खोजेको हो ।
उक्त नेटवर्कले के समेट्छ भन्ने विषयमा विस्तृत विवरण आएको छैन । अन्तरिक्ष सञ्चारका कमीहरू पूरा गर्न तथा ग्रामीण क्षेत्रहरूमा सेवा पुर्याउन भूउपग्रह राखिएको बताइन्छ ।
पृथ्वीबाट अन्तरिक्षमा पुग्ने डेटाको प्रवाहलाई चीनले नियन्त्रण गर्न खोजेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ...