काठमाण्डाै – नेपाल टेलिकमले दार्चुलाको विकट ठाउँ छाङरुमा हिजो बुधवारदेखि फोर–जी सेवा सुरु गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकामा रहेकाे छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोर–जी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।
फोर–जी सेवाका लागि नेपाल टेलिकमले दार्चुलाको महाकाली नगरपालिकामा रहेकाे न्यु बालाशिखरकाे रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडिय...