स्थापनाको १२ औँ वार्षिकोत्सव मनाउँदै फूडमान्डू

काठमाडौँ – नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ। सन् २०१० नोभेम्बर ११ मा आफ्नो प्रकारको पहिलो कम्पनी बनेर इतिहास रचेको फूडमान्डू आजको दिनमा नेपालको प्रमुख अनलाइन फूड डेलिभरी सेवा प्रदायकको रूपमा स्थापित भएको छ। कम्पनी अहिले आफ्नो विभिन्न भर्टिकल्ससहितका नेपालका प्रमुख सहरहरूमा विस्तारको चरणमा रहेको छ। […]