अहिले मुलुक चरम आर्थिक संकटतिर धकेलिँदै गइरहेको छ । मुलुकले विभिन्न कालखण्डमा भोग्नुपरेको विषम परिस्थिति र मुलुकको आर्थिक प्रणालीको अस्थिरताले गर्दा मुलुकको अर्थतन्त्रमा पनि दिनानुदिन गिरावट हुँदै आइरहेको छ । यस्तो परिस्थितिलाई आर्थिक मन्दी पनि भनिन्छ । मुलुकले बेलाबेलामा यस्ता आर्थिक संकट बेहोर्दै आए पनि यो संकट सायद इतिहासमै पहिलो पटक हो भन्न सकिन्छ । […]