पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव

पर्वतमा दिन प्रतिदिन डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत साउनदेखि  बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ ।  अस्पतालमा कीट अभाव हुँदा डेङ्गुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन् । पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले आफूहरूले नै खरिद गरेर ल्याएको दुई सय कीट परीक्षणको क्रममा सकिएकाले अहिले कीट नभएको बताइन् । उनका अनुसार केही समय पहिलेसम्म अस्पताललाई आवश्यक परेका