एनसेलबाट आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने

काठमाण्डाै – आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकले निःशुल्क फोन गरी मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन पाउने भएका छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य शुरु गरेको छ । भर्खरै मात्र विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनका लागि सिमसहितको ह्यान्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो ।...

सम्बन्धित सामग्री

सोच बदले रोक्न सकिन्छ आत्महत्या

लगनखेलस्थित मानसिक अस्पतालमा आत्महत्या रोकथामका लागि स्थापना भएको हटलाइन सेवा प्रभावकारी बन्दै गएको छ । आत्महत्या बढ्दै गएपछि संसद्को महिला बालबालिका तथा समाजकल्याण समितिले आत्महत्या रोकथाम गर्न निर्देशन दिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याइएको थियो । मानसिक अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीले तीन वर्षको अवधिमा २८ जना व्यक्तिलाई आत्महत्या गर्दैगर्दाको अवस्थामा रोक्न सफल भएको जानकारी दिनुभयो । कतिपय व्यक्तिले अन्तिम अवस्थामा म यो अवस्थामा छु, आत्महत्या गर्नै लागिसकेँ भनेर फोन आउने गर्दछ, डा. कार्कीले भन्नुभयो, “त्यो अवस्थामा नजिकैको प्रहरी र मेडिकल टिमलाई तत्काल खबर गरेर उक्त व्यक्ति भएको ठाउँमा पठाउने गरिन्छ ।”

हेल्पलाइन ११६६ मा सेवा लिनेको सङ्ख्या बढ्दै

आत्महत्या रोकथामको लागि सञ्चालन गर्दैआएको हेल्पलाइन ११६६ मा सेवा लिनेको सङ्ख्या बढ्दैगएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सरकारले आत्महत्याको सोच आए, आफूलाई गाह्रो भएमा निःशुल्क फोन गर्न मिल्ने हेल्पलाइनमा सेवा लिनेको सङ्ख्या बढ्दैगएको हो ।