‘माघी’ फैलिँदै छ देशविदेशमा

काठमाडौं । थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौंंमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ ।  तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकावासीलाई पनि तान्दैछ । यसवर्ष थारू अगुवाले काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउने तयारी गरेका छन् ।  काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट आएका थारू समुदाय पनि बस्छन् । थारूले मनाउने पर्वले यहाँका अन्य जातजातिलाई पनि आकर्षण गरेको छ  । यस पर्वमा क्रममा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी आकर्षित हुँदै गएको पाइन्छ । माघीमा विशेषतः ढिक्री, घोँगी, माछा र गङ्गटा जस्ता...