पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि सामाजिक सञ्जाल नचलाउने उनको सचिवालयले स्पष्ट पारेको छ । शाहको नाममा खोलिएका एकाउन्टबाट धेरै जना झुक्किएपछि सचिवालयले एक विज्ञप्ति जारी गर्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय समसामयिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखी बक्सनु स्वाभाविक हो । तर, मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्ज