२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका तीन चौथाइ सांसदको विश्वास मत पाएका छन् ।
माओवादी केन्द्रको समर्थनमा ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबारको संसद बैठकमा विश्वासको मत मागेका थिए । त्यसक्रममा उनले भ्रष्टाचार नगर्ने र हुन नदिने बाचा गर्दै सत्तापक्ष र प्रतिपक्ष नभनी मिलेर जान प्रस्ताव राखे …