सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुन्छ : कर्णालीका मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । मुख्यमन्त्री शाहीले अहिले सबै दलका वडा, पालिका, जिल्ला र क्षेत्रीय प्रतिनिधिको निर्वाचनको चटारोले केही ढिलो भए पनि जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गरिने बताए । “गठबन्धन दलका नेताहरूबीच छलफल भइरहेको छ,” उनले भने । यही मङ्सिर १४ गते...