काठमाण्डाै - भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्यान्डले १ सय रनले जितेको छ ।
लर्ड्समा घरेलु टोली इङ्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अलआउट भयो ।
भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९/२९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका रेस टोप्लीले ६ विकेट लिए ।
उनको यो करियरकै उत्कृष्ट रेकर्ड हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले मोइन अलीको ४७ र डेविड विलीको ४१ रनकाे मद्दतमा २ सय ४६ रन बनायो । भारतका युजवेन्द्र चहालले ४ तथा जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले २/...