चौदण्डीगढीका मेयरको सचिवालयका कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

३० चैत, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ । उनले नगरपालिकामा जागिर लगाइदिन्छु भनेर एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग अहिले ५० हजार रुपैयाँ रहेको बाँकी पैसा १० दिनभित्र दिने बताउँछिन् । […]