समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, ११ पुस । समृद्धि फाइनान्स कम्पनीले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको पुतलीसडक शाखाले वित्त कम्पनीका कर्मचारी तथा स्थानीय बासीको बाक्लो उपस्थितीमा कार्यक्रम टोखा नगरपालिका २ मा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कर्जा प्रमुख सुवास श्रेष्ठले कम्पनीबाट कर्जा प्रवाह गर्दा के–के कागजात चाहिन्छ, कति समयसम्मका लागि कर्जा प्रवाह हुन्छ, कर्जा […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाले बिहीवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वका कामअन्तर्गत पुस महीनाका लागि तय भएको कार्यक्रमको रूपमा वित्तीय शिक्षा अभिमुखीकरण गरिएको बताइएको छ । वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका–३ भितरियका ४३ जना स्थानीयको सहभागितामा कार्यक्रम गरिएको हो । संस्थाले हाल १३ शाखामार्फत आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सेवा प्रदान गर्दै आएको बताइएको छ ।

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवार र शुक्रवार जनकपुर र इटहरी शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्सिर महीनाका लागि तय भएको सो कार्यक्रम गरेको हो । विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुर शाखाले राजर्षि जनक क्याम्पस, जनकपुरका ७५ जना र इटहरी शाखाले ज्योति माध्यमिक विद्यालय इटहरी–५ का ५० जना विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो । संस्थाले हाल १३ ओटा शाखामार्फत आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ, डेबिट कार्ड, क्यूआर कोड जस्ता सेवा दिँदै आएको बताइएको छ ।

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

समृद्धि फाइनान्सले विभिन्न शाखा कार्यालयमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।कम्पनीले काठमाडौंको पुतलीसडक, पोखरा र बुटवल शाखामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तर्गत पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमरसिंह माविमा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समितिमा कार्यक्रम सञ्चालन गरेको होे ।कार्यक्रममा विद्यार्थीलगायत […]