सल्यानको कपुरकोट गाउँपालिकामा ‘टनेल’ खेतीको लहर

सल्यान : जल्लाका किसान बेमौसमी तरकारी खेतीप्रति आकर्षित भएका छन्। बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि यहाँका १० वटै स्थानीय तहका किसानका घरमा प्लाष्टिक घर निर्माण भइरहेका छन्। हिउँदे मौसममा ताजा तरकारीको मूल्य राम्रो हुने भएकाले किसानले प्लाष्टिक घर निर्माण गरी उत्पादन गर्न थालेका हुन्। जिल्लाको कपुरकोट गाउँपालिका ३ का कृषक थमन गिरीले ११ रोपनी जमिनमा ३६ वटा टनेल निर्माण गरेर तरकारी खेती गरिरहेका छन्। बाहिर र टनेलभित्र खेती गर्नुमा धेरै फरक पर्ने उनी बताउँछन्। ‘१९ वटा फलाम प्रयो