मोटो शरीरलाई राम्रो र आकर्षक देखाउनका लागि तौल कम कसरी गर्नेहोला भनेर धेरैले सोचिरहेका हुन्छन् । तर कतिपयसँग कसरत गर्ने फुर्सद हुँदैन ।
तर डाक्टरहरूले कसरत नगरेपनि तौल घटाउन सकिनेबारे केही उपायहरू दिएका छन् ।
कडा परिश्रम गर्ने मानिसहरूलाई औसत २२ सय क्यालोरी दैनिक चाहिने गर्छ । तर यदि तपाईं कठीन परिश्रम गर्नुहुन्न र तौल बढी छ भने तपाईंले आफ्नो क्यालोरीलाई औसत १२ सयमा झार्नुपर्ने हुन्छ ।
तपाईंलाई सेतो चामलको भात मन पर्छ भने पनि आजैबाट चामल खान छोड्नुहोस् । बरू सक्नुहुन्छ भने ब्राउन राइस खान सक्नुहुन्छ । ब्राउन राइस...