काठमाडौं।कोभिड–१९ र्यापिड एक्सन टास्कफोर्स(सी १९–आरएटी) समूहले मध्यपुर ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री अस्पताललाई १० लिटरको ६३ थान हाइपरफमेन्स अक्सिजन कन्सनट्रेटर मेसिन प्रदान गरेको छ।नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा ती मेसिन प्रदान गरिएको हो।मेसिन हस्तान्तरण पश्चात मध्यपुर ठिमी नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले नगरपालिकाका बिरामी कसैले पनि अक्सिजनको अभावमा उपचार नपाउने चिन्ताको अन्त्य भएको बताए।