जापान उडेको नेपाल एयरलाइन्सको विमानमा धुवाँ देखिएपछि १५ मिनेटमै काठमाडौं फर्काइयो

काठमाडौं :  जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा समस्या आएपछि उडेको १५ मिनेटपछि काठमाडौंमै फर्किएको छ।मंगलबार राति १० बजेर ३५ मिनेटका लागि  जापानको नारिताका लागि उडेको RA-433 जहाज काठमाडौं विमानस्थल छाडेको १५ मिनेटमै काठमाडौं फर्काइएको हो। ‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकले जहाज काठमाडौं नै फर्काएका थिए’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भने।चालकदलले जहाज काठमाडौंमा अवतरण