इन्स्पेक्टर हुँदादेखि नै प्रहरीमा ‘काबिल अफिसर’को छवि बनाएका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक (आईजीपी)बाट अवकाशपछि केही वर्ष मौन बसे । तर देशमा चुनावी माहोल तातिँदै गर्दा उनको मौनतापनि तोडिएको छ । अर्थात नेता बन्ने महत्वकांक्षाका साथ उनी बिहीबार नेकपा (एमाले)मा प्रवेश गरेका छन् । च्यासलस्थित एमाले मुख्यालयमा आयोजित समारोहका बीच उनी एमालेमा प्रवेश गरेका हुन् । खनाल जस्तै करिब एक दर्जन पूर्वप्रहरी अधिकृत राजनीतिमा छन् । सर्वेन्द्र खनालका ब्याचमेट पूर्वडीआईजी रमे