युरोपेली नेताहरूले रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेका छन् । युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाव कसरी बढाउने भन्ने विषयमा छलफल गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
युरोपेली नेताहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे थप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ ।
सम्मेलनमा एजेण्डाक...