काठमाडौं । संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय गौरवको आयोजनामध्येको एक काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) समयमै बन्नेमा शंका रहेको निष्कर्ष निकालेको छ । आज बसेको बैठकमा समितिका सभापति राम नारायण बिडारीले समितिका सबै सदस्यले स्थलगत निरीक्षण गरेपछि आफूहरू यस निष्कर्षमा पुगेको बताए ।
समितिका सभापति समेत रहेका बिडारीले भने, “७२.५ किलोमिटरमध्ये ११ किलोमिटरको फास्ट ट्रयाकको ट्रयाक...