कच्चा तेल उत्पादनमा लगाइएको नियन्त्रण हटाउन भारतले गरेको अनुरोधलाई ओपेक मुलुकले बेवास्ता गरिदिएका छन्। ओपेक पेट्रोलियम निर्यातक देशहरुको संगठन हो। साउदी अरबले त भारतलाई अघिल्लो वर्ष मूल्य सस्तो हुँदा किनेको तेल प्रयोग गर्न जवाफ फर्काएको छ। साउदीका ऊर्जामन्त्री अब्दुलाजीज बिन सलमानले भारतलाई यस्तो सुझाव दिएका हुन्। उनले भनेका छन्, 'अघिल्लो वर्ष अप्रिल, मे र जुनमा खरिद गरेको तेल स्टोरबाट निकालेर प्रयोग गर्दा हुन्छ।'भारत सरकारका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले ओपेक देशको बै