उत्पादनमा केन्द्रीत हुन वाईसीएललाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले उत्पादनमा केन्द्रीत हुन योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई आग्रह गरेका छन् । वाईसीएलको शुक्रबारदेखि राजधानीमा जारी राष्ट्रिय सम्मेलन अन्तर्गतको बन्द सत्रलाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले उत्पादनमार्फत राष्ट्रिय पुँजीको निर्माण गरेर समाजवादको यात्रा तय गर्न सकिने धारणा राखेका हुन् । ‘तपाईँहरू उत्पादनमा केन्द्रीत हुनुस् । उत्पादनमार्फत राष्ट्रिय पुँजीको निर्माण गरेर समाजवादको यात्रा तय गर्नुपर्छ’,