‘मरिसकेको मान्छेको कथा’ अब युट्युबमा (भिडियोसहित)

काठमाण्डौ – उज्यालो मल्टिमिडियाले तयार पारेको वृत्तचित्र ‘मरिसकेको मान्छे’ अब युट्युबमा हेर्न पाइने भएको छ । उज्यालोको युट्युब च्यानल उज्यालो टीभी र हेर्ने कथाको युट्युब च्यानलमा यो वृत्तचित्र हेर्न सकिने छ । ‘मरिसकेको मान्छे’ मरे भनेर काजकिरिया भइसकेका तर जिउँदै फर्केका र बाँचे भनेर आश गरिएका मानिस पहिले नै मरेको मानिसको कथा हो । पूर्वको मोरङ र पश्चिमको बागलुङका अपरिचित दुई परिवारलाई साउदीमा भएको एक सडक दुर्घटनाले एकै ठाउँमा भेटाउँछ । दुर्घटनामा एक परिवारले आफन्त गुम...