प्रम ओली र देउवाबीच भेट, संवैधानिक परिषद्काे बैठकबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटघाट भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न भेटमा आइतबार संवैधानिक परिषदको बैठक बोलाउने र त्यसका तयारीबारे छलफल भएको जनाइएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार, प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता देउवाबीच संवैधानिक परिषद्को बैठक आइतबार राख्ने विषयमा छलफल भएको थियो ।