सरकारी वकिलको कार्यालयले थुनामुक्त गर्यो कैलालीका २ जना मिटरब्याजी

धनगढी : कैलालीमा पक्राउ परेका २ जना मिटरब्याजी थुनामुक्त भएका छन्।जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका-५ का यज्ञ तिवारी (हिजो) सोमबार पक्राउ परेकोमा आज थुनामुक्त भएका हुन्।स्रोतका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले तिवारी र चौलागाईंलाई जिम्मा-जमानीमा छाडेको हो। आपराधिक विश्वासघातअन्तर्गत उनीहरुलाई थुनामा राखिएकोमा सहमति कार्यान्वयन गर्ने गराउने समझदारीमा चौलागाईं र तिवारी थुनामुक्त भएको बताइएको छ।हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको वि