अहिले सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेता र सांसदहरु नागरिकता विधेयक पारित गर्दा र पारित नगर्दा हुने लाभको हिसाब गरिरहेका छन् । अहिले सरकारको नेतृत्वकर्ता दल कांग्रेस विगतमा आफैंले फरक मत राखेको वैवाहिक अंगीकृतको ७ बर्षे प्रावधान हटाएर नागरिकता विधेयक पास गर्न चाहन्छ ।