पोखरा । गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गाैला प्रत्यारोपण गराउने जनाएको हो । यस्तै, प्रदेशभित्रका मिर्गाैला राेगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने […]