राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास आवश्यक : अर्थमन्त्री शर्मा

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास हुनुपर्ने बताउँदै आर्थिक विकास नभए व्यवस्थाप्रति नै जनताले विद्रोह गर्ने बताएका छन् । यसअघिका विद्रोह वा आन्दोलनहरू आर्थिक विकासकै निम्ति भएको उनको भनाइ छ । उनले भने, ‘आर्थिक विकासले मात्र जनताको आकांक्षा पूरा गर्न सकिन्छ ।’ स्थानीय र प्रदेशलाई बलियो र क्षमतावान बनाएर ५ वर्ष कस्सिएर लाग्दा विकासमा निकै ठूलो फड्को मार्न सकिने बताउँदै उनले अबको योजना १०० वर्षपछिका लागि बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे । मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संस्था मोरङ व्यापार संघको ६५औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले उदारवादी अर्थतन्त्रले असमानता बढेर गएकाले असमानता घटाउन प्रगतिशील पूँजीवाद आवश्यक रहेको बताए । नेपाली उद्योगीले विदेशमा उद्योग खोलेर डलर आर्जन गरी नेपाल भित्र्याउन सक्ने भएकाले त्यसलाई स्वीकृति दिने या नदिने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । विदेशी बैंकबाट ऋण लिएर उद्योग खोल्न सक्ने प्रावधान रहेको बताउँदै शर्माले एनआरएन र विदेशी संस्थाले नेपालमा खाता खोलेर सोभैm डलर पठाउन सक्ने व्यवस्था गरेको जानकारी दिए । आफूले बजेट बनाए पनि खर्च गर्ने मन्त्रालय नभएकाले तत्काल पूँजीगत खर्च द्रुत गतिमा खर्च हुन नसकेको उल्लेख गर्दै उनले खर्च गर्ने मोडालिटीमा परिवर्तन गरेर पूँजीगत खर्च समयमानै खर्च हुनेगरी व्यवस्था गर्न लागिएको बताए । मोरङ व्यापार संघलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयको सल्लाहकार संस्थाको रूपमा घोषणा समेत गरे । व्यापार संघको ६५औं साधारणसभालाई सम्बोधन गर्दै सरकार र निजीक्षेत्र एकअर्काका प्रतिद्वन्द्वी नभई सहयोगी हुनुपर्ने र आर्थिक विकासको मेशिन नै निजीक्षेत्र भएको मन्त्री शर्माले बताए । अर्थसचिव मधुकुमार मरासिनीले पूँजीगत खर्चमा पनि इतिहास रच्नेगरी काम हुने उल्लेख गरे । आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्नेमा कुनै समस्या नरहेको बताउँदै मरासिनीले कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वृद्धभत्तालगायत विभिन्न तरीकाले ४४ लाख घरमा मासिक रूपमा रकम पुगिरहेकाले खर्च गर्ने अवस्था निराशाजनक नरहेको उल्लेख गरे । उनले भने, ‘राष्ट्र बैंकले कमर्शियल बैंकहरूलाई २५ अर्ब रुपैयाँ ट्रजरी बिल किन्दिन्छु यो रकम लैजाउभन्दा १६ अर्बको निवेदन पर्‍यो । तर, ९ अर्ब मात्रै बैंकहरूले रकम लगे । अब लिक्विडिटीको समस्या रहेछ त ?’ पुस महीनामा केही समस्या हुने तर माघ लागिसकेपछि तरलता अभाव नहुने उनले बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नेपाल अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएकोमा आफूहरू गौरावान्वित भएको तर १० वर्षमा विकासशील राष्ट्रबाट विकसित राष्ट्रका रूपमा स्तरोन्नति गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने अवस्था आएको बताए । कार्यक्रम मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष टीकाराज ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरे, उद्योग संगठनका अध्यक्ष सुयशराज प्याकुरेललगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महानुभावहरूलाई सम्मान गरिएको थियो ।

सम्बन्धित सामग्री

अर्थमन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्षबीच छलफल

काठमाडाैँ – अर्थमन्त्री जनार्दन शर्मा र एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ। नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उनीहरुबीच छलफल भएको हो। अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालका अनुसार सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए। उनले […]

अर्थमन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्षबीच छलफल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उहाँहरुबीच छलफल भएको हो । अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालका अनुसार सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने […]

अर्थमन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्षबीच छलफल

अर्थमन्त्री जनार्दन शर्मा र एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ ।  नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उनीहरुबीच छलफल भएको हो ।  सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए ।  उनले भने, “निजी क्षेत्र नेपालको आर्थिक उन्नतीको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।”  नेपाल सन् २०२६ सम्ममा अ

सबै व्यक्ति इमानदार भएमात्रै देशको विकास हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, २० बैशाख । अर्थमन्त्री जनार्दन शर्माले सबै व्यक्ति इमानदार भएमात्रै देशको विकास हुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले आयोजना गरेको प्रथम लेखा व्यवसायी सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सम्पूर्ण नेपालीले आफ्नो इमानदारीको समेत अडिट गर्नुपर्ने बेला भएको र सबै व्यक्ति इमानदारी भए मात्र देशको अर्थतन्त्रको विकास हुने पनि बताए […]

कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।  अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । शुक्रवार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशे...

परम्परागत ठेक्काबाट विकास सम्भव छैन : अर्थमन्त्री शर्मा

मंसिर २६, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिक विकासको मोडालिटी अपनाउनुपर्नेमा जानुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास सम्भव नरहेकोले नयाँ मोडालिटीमा जानुपर्ने आवश्यकता औंल्याएका हुन् । ‘अहिलेको ठेक्का प्रथाबाट देशको विकास संभव छैन, समुदायमार्फत विकास गर्ने मोडालिटीमा जानुपर्छ’, उनले भने, ‘सरकारले समुदायलाई पैसा दिने, सरकारले अनुगमन र अडिट गर्ने मोडालिटीमा गयो भने तीव्र गतिमा विकास हुन्छ । यसबारे बहस शुरु गरेको छु ।’ निश्चित मोडालिटी र मापदण्ड बनाएर हरेक वडा र पालिकाका समुदायलाई पैसा दिने र उनीहरुको सहभागितामा विकास गर्ने मोडालिटीबाट विकासको रफ्तारले तीव्रता पाउने विश्वास उनले व्यक्त गरे । मन्त्री शर्माले कर्णाली प्रदेशबाट समाजवादको आधार तयार गर्नेगरी काम गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । कर्णाली प्रदेशका ८५ हजार पार्टी सदस्यहरु सवै उत्पादनको कार्यमा जोडिने र कोहि पनि व्यक्ति अभावमा बाँच्नु नपर्ने गरी आत्मनिर्भरताको योजना बनाउन अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे । ‘पार्टीका कार्यकर्ता र सदस्यहरु खानलाउन नपाई रुँदै हिडेर समाजवाद आउँदैन, हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर हुनुपर्छ । आत्मनिर्भर कार्यकर्ता भयो भने मात्र समाजवादी क्रान्तिमा योगदान गर्नसक्छ’, उनले भने ।  यस्तै पार्टीका हरेक कमिटीहरुले उत्पादन इकाई बनाएर आर्थिक उपार्जनको कार्यमा लाग्नुपर्नेमा मन्त्री शर्माले जोड दिए । आफूले २०६३ सालमै उत्पादन अभियान चलाउन आव्हान गर्दा त्यतिखेर कतिपयले खिसिट्यूरी गर्ने गरेको स्मरण गर्दै मन्त्री शर्माले भने, ‘आज आएर पार्टीले सोही लाईन लिएकोमा खुशी लागेको छ, अब यो लाईन राष्ट्रिय सम्मेलनबाट पारित हुन्छ ।’

हामीलाई उत्पादनमा आधारित विकास चाहिएको छ : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मुलुकलाई उत्पादनमा आधारित विकास चाहिएको बताएका छन्। सरकारले ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिँदै उनले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि सो कार्यक्रम कोशेढुंगा हुने बताए। शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

साझा विकास रणनीति तय गर्न जरुरी छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गरेर मुलुकको विकास निर्माण प्रक्रियालाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

साझा विकास रणनीति तय गर्न जरुरी छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सवै पक्षहरुबिच व्यापक बहस गरेर दश वर्षे साझा विकास रणनीति तय गर्नुपर्ने बताएका हुन् । उनले देश विकास सवैको साझा एजेण्डा भएकोले संविधानमा उल्लेख गरिएबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी विकास रणनीति तय गर्नुपर्ने धारणा व्यक्त गरे । निजी क्षेत्रसँगको सहकार्य अहिलेसम्मको भन्दा अझ उन्नत किसिमको हुने आश्वासन दिँदै मन्त्री शर्माले उत्पादनमुखी क्षेत्रमा ध्यान दिन आग्रह गरे ।  उपलब्ध स्रो...

उद्योगहरुको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका साना तथा मझौला उद्योगहरुको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको भेटका अवसरमा उनेले साना उद्योगको संख्या, अवस्था र समस्याका बारेमा छलफल गर्न सरकार तयार रहेको बताए ।आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार भएको […]