बुण्डेसलिगा अन्तर्गत गएराति भएको उद्घाटन खेलमा साविक विजेता बायर्न म्युनिखले शाल्केमाथि ८-० को फराकिलो जित निकालेको छ। एलिनाज एरेना स्टेडियममा भएको खेलमा घरेलु टोलीले शाल्केलाई फराकिलो अन्तरले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो।
बायर्नको जितमा सर्ज गनब्रीले ह्याट्रिक गर्दा लियोन गोरेटज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लेरोए साने र जमल