काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको तर गलत ब्याख्या गरेको बताए। बैठकको सुरुमै प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा बोलेका नेम्वाङ देउवाले धन्यवाद मन्तव्य दिने क्रममा संसद भवनबाट हिँडिसकेका थिए। ‘