भारतमा कोरोना संक्रमितको संख्यामा हरेक दिन तीब्र वृद्धि भइरहेको छ । पछिल्लो तीन दिनदेखि कोरोना संक्रमितको संख्याले लगातार एक लाखको आँकडा पार गरिरहेको छ । शनिबार त यहाँ कोरोना संक्रमणका डेढ लाखभन्दा बढी संक्रमित भेटिएका थिए ।हिन्दुस्तान टाइम्सको खबर अनुसार कोभिड–१९ को प्रसारको संकेत दिने आर फ्याक्टर वा आर भ्यालु यस हप्ता चार दर्ता गरिएको छ । यसले संक्रमण दर असाध्यै धेरै भएको इंगित गर्छ ।आर फ्याक्टरले एक संक्रमित व्यक्तिले कतिजनालाई संक्रमित गर्न सक्छ भन्ने कुरा बताउँछ । यदि यो फ्याक्ट