टी–२० विश्व कप - भारत सेमिफाइनलमा पुग्न अब अफगानिस्तानमा निर्भर

काठमाण्डाै – दुबईमा लगातार दाेस्राे हारपछि टी–२० विश्व कपकाे दाबेदार मानिएकाे भारतीय टिममाथि प्रतियाेगिताबाट बाहिर हुने खतरा बढेकाे छ । न्युजिल्यान्डले हिजाे आइतवार उत्कृष्ट क्रिकेट खेल्दै क्रिकेट जगतका स्टार खेलाडीले भरिएकाे भारतीय टिममाथि आठ विकेटकाे सहज जित निकालेसँगै भारत प्रतियाेगिताबाट नै बाहिरिने खतरा बढेकाे हाे । गएकाे हप्ता भारतलाई प्रतियाेगिताअन्तर्गत आफ्नाे पहिलाे खेलमा पाकिस्तानले १० विकेटले हराएकाे थियाे । अब लगातार दाेस्राे हारपछि भारत समस्यामा परेकाे छ । अब भारत सेमिफ...