साझा औषधि बिक्री कक्ष बन्द

औषधि व्यवस्था विभागले तानसेनस्थित साझा औषधि बिक्री कक्ष बन्द गराएको छ । तालिमै नलिएका र फार्मेसी अध्ययन नगरेकाले औषधि बेचेको पाइएपछि विभाग टोलीले बिहीबार बिक्री कक्षमा ताला लगाइदिएको हो ।

सम्बन्धित सामग्री

अवैधरूपमा औषधि बिक्री गर्ने कपन क्षेत्रका फार्मेसीमा शिलबन्दी

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री  गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए।

प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण, कारबाही गर्ने विभागको चेताावनी

बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए। औषधि ऐन २०३५ को दफा १७  को उपदफा २ मा समूह क र ख मा समूहकृत गरिएका औषधि चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ।

विभागले नै ताला लगाएको सल्लेरीको एक फार्मेसीमा खुलेआम औषधि बिक्री

औषधि व्यवस्था विभाग विराटनगरले ताला लगाएको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषधि पसलले खुलेआम औषधि बिक्री गरिरहेको पाइएको छ।

गुणस्तरहीन औषधि बिक्री वितरणमा रोक

औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि बिक्री रोक लगाएको छ । विभागले सूचना जारी गरी गुणस्तरहीन जिन्कोमिन डीटी नामको औषधि बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।धादिङको खानेखोलास्थित नोभा जेनेटिक प्रालिले उत्पादन गरेको जिन्कोमिन डीटी नामको चक्की औषधि विक्रि वितरणमा विभागले रोक लगाएको हो ।औषधि व्यवस्था विभागबाट बजार अनुगमन गर्ने क्रममा सो औषधिको नमुना परीक्षण गर्दा मापदण्ड पूरा नभएको पाइएकाले सो औषधि औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न विभाग

म्याद गुज्रेका औषधि बिक्री गर्ने पाँच औषधि पसलमाथि कारबाही

सहायक प्रजिअ शर्माका अनुसार म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, अनुमति लिएभन्दा बढी सेवा प्रवाह गरेको र तोकिए अनुसारका मापदण्ड पूरा नगरेका औषधि पसल कारबाहीमा परेका हुन् ।

अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा किशोर पक्राउ

प्रहरीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा काठमाडौंबाट एक किशोरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठका १९ वर्षीय प्रबल भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोप प्रहरीले लगाएको छ ।पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जानकारी दिएको छ । भण्डारीले भारतमा रहेका आफन्तमार्फत ती औषधिहरू मगाई विगत लामो समयदेखि काठमाडौंका विभिन्न औषधि पस

चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गर्ने २ जना पक्राउ

कैलाली, २१ असार । चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जना आइतबार बिहान पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका १३ बस्ने २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका १ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने […]

विराटनगरमा रेमडिसिभिर भनी अर्कै औषधि बिक्री

२४ वैशाख, विराटनगर । विराटनगरमा कोरोना संक्रमितको उपचारका प्रयोग गरिने रेम्डेसिभिर भनी अर्कै औषधि बिक्री गर्ने गिरोह सक्रिय भएको पाइएको छ । शुक्रबार नक्कली रेमडिसिभिरको कारोबार गरेको आरोपमा विराटनगरको साथी फार्मेसी सञ्चालक सोनु आलम पक्राउ परेका मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । प्रहरीका अनुसार रेमडिसिभिरको नक्कली कारोबार गर्ने गिरोह नै सक्रिय छ । सो […]

अनलाइनमार्फत हुने औषधि बिक्री बन्द गर्न विभागको निर्देशन

अनलाइन फार्मेसीका नाममा विभिन्न छुट सुविधा उल्लेख गरी गैरकानूनी रूपमा औषधि बिक्री वितरण भएको भन्दै औषधि व्यवस्था विभागले यस्तो निर्देशन दिएको हो।

अनलाइनबाट औषधि बिक्री वितरण तत्काल बन्द गर्न सरकारको निर्देशन

काठमाडौं : अनलाइन लगायतका सामाजिक सञ्जालहरूमा फार्मेसी सेवाका नाममा गैरकानूनी रुपमा भइरहेको औषधि बिक्री वितरण तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ। अनलाइन फार्मेसीमा विभिन्न छुट सुविधा उल्लेख गरी गैरकानूनी रूपमा औषधि बिक्री वितरण भएको भन्दै औषधि व्यवस्था विभागले यस्तो निर्देशन दिएको हो।औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको झुट तथा भ्रामक प्रचार गर्न नहुने कानूनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न विभागले सूचना जारी गरेको छ। निर्देशन