शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित मुक्त कमैँया बस्तीका केशव डगौरालाई विगतमा जस्तो अहिले मजदुरीमा जाने चटारोे छैन । घर खर्च चलाउनका लागि आर्थिक अभावसमेत छैन ।सहजरुपमा परिवारको खर्च चल्न थालेको छ । उहाँले घरमै कुटानीपिसानी मिल सञ्चालन गरेपछि को जीवनशैली नै परिवर्तन भएको छ । कुटानीपिसानी मिलसँगै केशवले घरमै बङ्गुर फार्म र किराना पसल सञ्चालन गर्नुभएको छ […]