काठमाडौं : नेकपा एमाले विभाजनको डिलैमा पुगेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले प्रधानमन्त्री केपी ओलीका तर्फबाट एकताको ढोका बन्द भए सामूहिक राजीनामा गर्नेगरी हस्ताक्षर संकलन गरेका छन्। शनिबार राति त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने तर ढोका बन्द गरिए सामूहिक राजीनामा दिनेगरी सबैले हस्ताक्षर गरेका हुन्।‘पार्टी एकता जोगाउन अन्तिमसम