२९ फागुन, मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्युपछि शरीर दान गर्ने मन्जुरीपत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षीय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान […]