अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेन विरुद्धको रुसी हमलामा मस्कोलाई हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने उनले बताए । बेइजिङले सहयोग गरे उसले नराम्रो परिणाम सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइरहेका बेला चिनियाँ दूत क्विन गाङको भनाई आएको हो ।गत साता बेइजिङले मस्कोलाई हतियार उपलब्ध गराउन तयार रहेको भन्ने विवरण सार्वजनिक भएका थिए । तर, ती विवरणहरूलाई ‘गलत सूचना’ भन्दै चीनले त्यसलाई अस्वीक