मुकेश अम्बानीको लिभरपुल किन्ने चाहना

भारतीय अर्बपति मुकेश अम्बानीले लिभरपुल किन्ने चाहना देखाएका छन् । मिररका अनुसार लिभरपुल अहिले बिक्रिमा भएका कारण अम्बानीले पनि प्रिमियर लिग क्लब किन्ने चाहना देखाएका हुन् ।यसअघि अम्बानी, लगभग ९० बिलियनको नेटवर्थ रहेका अम्बानी फोर्बसको सुचि अनुसार विश्वकै आठौं धनी व्यक्ति हुन् । लिभरपुलको वर्तमान मालिकहरू फेनवे स्पोर्ट्स ग्रुपलाई प्रस्ताव गर्ने बताएका छन् ।लिभरपुल हाल प्रिमियर लिगमा राम्रो अवस्थामा छैन । लिभरपुलले १४ खेलमा २२ अंक जोडेको छ । लिभरपुल तालिकाको छैटौँ स्थानमा छ । 

सम्बन्धित सामग्री

मुकेश अम्बानी लिभरपुल क्लब किन्ने दाैडमा - रिपाेर्ट

विश्वका आठौँ धनी व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले इङ्लिस प्रिमियर लिगको क्लब किन्ने तयारी गरेको खबर सार्वजनिक भएको छ । अम्बानीले फेनवे स्पोर्ट्स ग्रुपले सञ्चालन गर्दै आएकाे क्लब लिभरपुल चार अर्ब युरोमा किन्ने तयारी गरेका बेलायती रिपोर्टहरूलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । तर यसको पुष्टि भने हुन सकेको छैन । सन् २०१० देखि क्लब सम्हालेको फेनवेले यसै हप्ताको सुरुमा धेरैलाई चकित पार्दै क्लब बिक्रीका लागि खुला रहेको जनाएको थियो । अम्बानीले लिभरपुल किन्न सक्ने खबरले फुटबल क्षेत्रमा नयाँ तरङ्ग ल्...

लिभरपुल किन्ने होडमा भारतीय अर्बपति मुकेश अम्बानी

२७ कात्तिक, काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानी विश्व चर्तित इंग्लिस क्लब लिभरपुल किन्ने होडमा देखिएका छन् । इंग्लिस सञ्चारमाध्यम ‘द मिरर’का अनुसार मुकेश अम्बानीले लिभरपुल किन्ने इच्छा देखाएका हुन् । प्रिमियर लिग महारथी क्लबका हालका मालिक फेनवे स्पोर्ट्स ग्रुप ९एफएसजी० ले लिभरपुललाई बिक्रीमा राखेपछि क्लब किन्ने होडमा अम्बानी पनि अघि सरेका हुन् । एफएसजीले […]