एमाले विधान महाधिवेशनको रमझम : गोदावरीमा गुञ्जियो पश्चिमको देउडा, फुर्सदमा झुमे नेता/कार्यकर्ता

काठमाडौं : यतिखेर दक्षिणी ललितपुरको गोदाबरी मेलामय बनेको छ। नेकपा एमालेको विधान महाधिवेशनका लागि यहाँ ६ हजारभन्दा धेरै नेता कार्यकर्ता उत्रिएका छन्। व्यवस्थित हिसाबले समूह बनाएर पार्टीको नीतिमाथि मन्थन चलिरहेको छ। मन्थनमै सबै रमाउने कुरा भएन। त्यसैले, बिचबिचमा रमाइलो पनि चलिरहेकै छ। त्यही क्रममा आज भने फरकखालको दृश्य देखियो, धुन…