मेची प्रादेशिक अस्पतालमा बेथिति: जनशक्ति अभावले सेवा प्रभावित

मेचीनगर नगरपालिकाकी ६३ वर्षीया देउकुमारी मगर खुट्टामा समस्या देखिएपछि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल भर्ना भइन् । चिकित्सकले दिएको सल्लाह अनुसार मगरले साउन ११ मा अस्पतालमै सीटी स्क्यान गराइन् । तर पाँच दिनसम्म रिपोर्ट नआउँदा उपचारबाट वञ्चित भएर स्वास्थ्य स्थिति गंभीर बन्यो । आफन्तजनको निरन्तरको तागेकापछि डाक्टरले हातले लेखेर उनलाई रिपोर्ट दिए ।