काठमाडौँ- एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी भएका छन्। ढुङ्गेलले ६९६ मत पाए भने कृष्णप्रसाद दाहालले ४३९ मत ल्याएका छन्। त्यस्तै सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन्। सिलवालले ५६८ मत पाउदा हस्त पण्डितले ५६७ मत ल्याए। एमाले प्रदेश अधिवेशन मंगलबार सुरु भएको थियो।