म, मेरा सपना र पत्रकारिता

चाहना र सपना त आखिर बादल नै त हुन्। हरेक हेराइ र पर्खाइसँगै आकार बदल्ने, स्वरूप बदल्ने। नीलो आकाशलाई क्यानभास बनाएर। जसरी कालो निद्रालाई क्यानभास बनाएर जीवनका अपूरा र अधुरा सपना पूरा गर्ने चाहना सधैँ मनमा पलाइरहन्छ। तर, मैले अहिलेसम्म दोहोर्‍याएर कुनै सपना देखेको छैन। त्यसैले हिजोलाई कल्पेर आजलाई सराप्ने बानी पनि छैन...

सम्बन्धित सामग्री

सुवर्ण क्षेत्रीको ‘सपना, विश्वास र अठोट’ लोकार्पण

काठमाडौं। पुराना खेलकर्मी तथा मिस नेपाल आयोजक हिडन ट्रेजरका पूर्वअध्यक्ष सुवर्ण क्षेत्रीको ‘सपना, विश्वास र अठोट’ पुस्तक बिहीवार काठमाडौंमा लोकार्पण गरिएको छ । खेल पत्रकारिता, नेपाली खेलकुद, जेसिज यात्रा र मिस नेपाल प्रतियोगिताको संस्थापकका रूपमा उनका अनुभव पुस्तकमा प्रस्तुत गरिएको छ । नेपालले पहिलो पदक जितेको अन्तरराष्ट्रिय प्रतियोगिता एसियाली खेलकुद (एसियाड)मा ‘सेभ दी मिसन’ हुँदाको अनुभवलाई पनि क्षेत्रीले पुस्तकमा समेटेका छन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको आत्मकथा उद्योगपति एवं साहित्यकार वसन्त चौधरी, प्रथम मिस नेपाल रुबी राणा, जेसिज नेपालका पूर्वअध्यक्ष गजेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार पी खरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व कोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठ, प्रकाशक टीएस ठकुरी र पुस्तकका सम्पादक जनक नेपालले संयुक्त रूपमा विमोचन गरेका थिए ।

सपना लामिछानेको कविताकृति ‘जिन्दगी एक यात्रा’ सार्वजनिक

काठमाडौं । हवाई उड्डयनका क्षेत्रमा कहलिएका क्याप्टेन रतनबहादुर लामिछानेको स्मृतिमा ‘रतनबहादुर लामिछाने सम्मान’ तथा पुरस्कार दुई स्रष्टालाई समर्पण गरिएको छ ।  कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ प्रा.डा. उषा ठाकुरले २०७८ सालको ‘क्या. रतनबहादुर लामिछाने साहित्य सम्मान’ साहित्यकार गंगा लिगललाई र ‘क्या. रतनबहादुर लामिछाने पत्रकारिता पुरस्कार’ पत्रकार कमलमणि पोखरेललाई प्रदान गरिन् । सूचक प्रकाशनले...