प्रभातकुमार वर्मा/बारा
सानो टहरा । वर्षातमा पानी पर्दा चुहेर भित्र बस्नै गाह्रो हुन्छ । जुन टहरालाई पक्की घर बनाउने सपना थियो । जुन सपना बाेकेर परदेश जानुभएको थियो राजेश । आज ८ वर्ष बित्दा पनि त्यो टहरामा त्यसैगरी पानी चुहुन्छ । त्यसैगरी ओत लाग्न गाह्रो हुन्छ ।
नेपाल-भारतका नाकाहरुमध्ये एक नाका बारा मटिअर्वाको दशगजा नजिकै छ राजेश साहको घर । अहिले उहाँ ३२ वर्षको हुनुभयो । २४ वर्षको उमेरमा राजेशले परदेशको बाटो तताउनुभयो । सपना धेरै थिएनन्, पक्की घर लगाउने, बालबच्चालाई राम्रो विद्यालयमा पढाउने र परिवारलाई ...