पाकिस्तानको राजनीतिक संकटको हालसम्म पनि समाधान हुन सकेको छैन । सर्वोच्च अदालतले संसदमा अविश्वासको प्रस्ताव खारेज गर्ने र प्रधानमन्त्री इमरान खानको सिफारिसमा सदन भंग गर्ने राष्ट्रपतिको फैसलामा विपक्षीको याचिकामा सुनुवाई गरिरहेको छ । मुख्य न्यायाधीश उमर अता बन्दियालको अध्यक्षता भएको इजलासले सोमबार संसद भंग गर्ने निर्णय निलम्बन गर्न अस्वीकार गरेको छ ।यसैबीच इमरानले पूर्व मुख्यन्यायधीश गुलजार अहमदलाई कार्यवाहक प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । यसैगरी देशका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद यु