नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुनअनुसार नै निर्णय दिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । पार्टीको प्रचारप्रसार उपशाखाले पार्टीको आधिकारिक फेसबुक पेजमार्फत् समसामयिक वर्तमान अवस्थाका बारेमा मंगलबार गरेको संवादमा उनले यस्तो बताएका हुन् ।‘सर्वोच्च अदालतले संविधानमा टेकेर नै आवश्यक फैसला गर्छ । निर्वाचन आयोगले पनि आधिकारिताका विषयमा […]