काठमाडौं : कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीसहित ९ जनाविरुद्ध ५ वटा भ्रष्टाचारको मुद्दा लागेको छ।अख्तियार अनुसन्धान आयोगले उनीहरूविरुद्ध शुक्रबार मात्रै विशेष अदालत काठमाडौंमा तीन वटा छुट्टाछुट्टै मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। यसअघि अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू विष्ट र जोशीसहित कर्मचारीहरूविरुद्ध गत चैत ३० र २०७९ वैशाख ८ गते सडक निर्माण गर्दा भ्रष्टाचार भएको ठहर गरी दुई वटा मु