धादिङकाे त्रिपुरासुुन्दरीमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

धादिङ - धादिङकाे त्रिपुरासुुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।  पहिरोले घर पुरिएपछि ५५ वर्षीय सीताराम भनिने नेत्रप्रसाद खाण हराउनु भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिनुभयो।  गएरातिकाे अविरल वर्षाले घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्कोसहित ल्याएकाे लेदोले घर पुरिएकाे प्रहरीले जनाएकाे छ ।  घरका अन्य सदस्य अर्को घरमा भएकाले उनीहरु सकुशल रहेका छन् । खाणको अवस्था भने पत्...

सम्बन्धित सामग्री

पहिरोले घर पुरिँदा  अछाममा नौ जना बेपत्ता

अछामको तुर्माखाँद गाउँपालिका–५, नाडामा पहिरो जाँदा तीन परिवारका नौ जना बेपत्ता भएका छन् । पहिरोले दुई घर पुरिएका छन् । गएराती नाडाको काँडाचौर गाँउमा गएको पहिरोले स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती...

पहिरोले पाँचथरमा तीन जना बेपत्ता

काठमाडौं- अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरको फालेलुङ गाउँपाकिामा तीनजना बेपत्ता भएका छन्। फालेलुङ गाउँपालिका–७ मामा रहेको दलबहादुर मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका हुन्। पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानेका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा रुपलाल मगर, ३८ वर्षीया बुहारी गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका हुन्। […]

पहिराले घर पुरिँदा एक जना बेपत्ता

धादिङ : धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराईरहेका छन्। घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिए। रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनःनिर्माण गरिएको घरमाथिबाट सडक…

हुम्लामा पहिरोले घर पुरिँदा छ जना बेपत्ता

लगातारको वर्षाका कारण पहिराले घर पुरिँदा हुम्लामा एकै घरका छ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका धनवीरे शाहीको घरमा मंगलबार राति साढे आठ बजेतिर माथिबाट आएको पहिरो खसेको थियो।...

घर पुरिँदा ६ जना बेपत्ता

सोमबार देखिको निरन्तर परेको वर्षाका कारण आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँको बिचदउडामा रहेको धनबिरे शाही परिवारकै ६ जना बेपत्ता भएका छन् । पहिरोले मंगलबार राति घर पुरेको प्रहरीले जनाएको छ ।

पाेखरामा पहिरोमा पुरिँदा ५ जनाको मृत्यु, १ बेपत्ता

पोखरा । भीषण वर्षापछि पहिरो खसेर घर पुरिँदा पोखराका विभिन्न ठाउँमा गरी ५ जनाको ज्यान गएको छ । पहिरोमा १ जना बेपत्ता छन् । पोखरा २०, भलामका कृष्ण श्रेष्ठको घर गएराति पहिरोमा पुरिँदा उनीसहित श्रीमतीको ज्यान गएको छ । कृष्ण ४५ वर्षका थिए । त्यस्तै उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको पनि पहिरोमा पुरिएर […] The post पाेखरामा पहिरोमा पुरिँदा ५ जनाको मृत्यु, १ बेपत्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निरन्तरको वर्षापछि दार्चुलामा बाढी पहिरो : तीन जनाको मृत्यु, दुई जना बेपत्ता

कैलाली : निरन्तरको वर्षापछि दार्चुलाका विभिन्न क्षेत्रमा आइतवार राति आएको बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका-१ बास पालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिल्या महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी…

पहिरोमा पुरिएर चार जना बेपत्ता

रसुवा । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् । गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । […]

घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा ४ जना बेपत्ता

घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् ।गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिण दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बिच भागमा उक्त घटना भएको हो । बेपत्ता रहेकाको

रसुवामा पहिरोले घर पुरिँदा एक जना घाइते, चार जना बेपत्ता

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोले घर पुरिँदा एक जना घाइते  भएका छन् । चार जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण घर माथिकाे सडकबाट पहिरो जाँदा श्यामबहादुर ग्लान घर पुरिएको हो । घर पुरिँदा उहाँ घाइते हुनुभएको छ । उहाँलाई आज बिहान ३ बजेतिर स्थानीय बासिन्दाले उद्धार गरेका हुन् । उहाँलाई अस्पताल लैजाँदै गरिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । ग्लान श्रीमती, दुई छोरी र एउटा छोरा पहिराेमा बेपत्ता भएका प्रहरीले जनाएको छ ।