समता शैक्षिक गुठीलाई कृषि विकास बैंकको आर्थिक सहयोग

कृषि विकास बैंक लिमिटेडले समता शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गुठीका सञ्चालक उत्तम सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।  सहयोग हस्तान्तरण कार्यक्रममा...

सम्बन्धित सामग्री

एभरेष्ट बैंकद्वारा समता शैक्षिक गुठीलाई सहयोग

काठमाडौं (अस) एभरेष्ट बैंकले वीरगञ्जमा रहेको समता शैक्षिक गुठी नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको छ । वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका बालबालिकालाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापित उक्त संस्थालाई बैंकले २ लाख रुपैयाँ सहयोग गरेको हो । यो रकम संस्थाले स्थापना गरेको विद्यालय भवनको मर्मत सम्भार तथा रङरोगन प्रयोजनको लागि  खर्च गरिने बताइएको छ ।  सहयोग रकम बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई हस्तान्तरण गरेका हुन् ।