१० वैशाख, काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ । नगरपालिकाले सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ बमोजिम प्रधानाध्यापक छनोट गरेको हो । नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्याङ्कन समिति गठन गर्नको लागि पनि आवेदन माग गरेको थियो । सोही आवेदनको आधारमा विज्ञ समूह बनाएर समिति गठन […]