एनआईसीको मोबाइल बैंकिङ एप ओम्नी च्यानल एपमा स्तरोन्नति

एनआईसी बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्गङ एपको शुरुआत गरेको छ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने उद्देश्यले बैंकले यस ओम्नी च्यानल एपको सुरुवा...

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप अपग्रेड, के के सुविधा थपिए ?

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति भएको छ  । बैंकले ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी Siddhartha BankSmartXP नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ एप मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्ने बैंकले जनाएको छ। सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो बैंकिङ्ग एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले  एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ। आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार एप मार्फत ग्राहकहरुले पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न सक्ने,नयाँ चेकबुक अनुरोध गर्न सक्ने, बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सक्ने, बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सक्ने, तथा निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सक्ने सकिने छ ।यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ। डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ आगामी दिनहरुमा यस मोबाईल बैंकिङ्ग सेवामा अरु पनि सुविधाहरु थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्रि र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकले जनाएको छ। बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत  बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ सेवा

मेगा बैंक नेपालले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ ।बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा आफ्नो वेब साइटमार्फत समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ ।डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका […]

मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप मेगा स्मार्ट बैंकिङ वा वेबपेजको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको हो। डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका […]

ज्योति विकास बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा

ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ एप वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुरु गरेको हो ।बैंकले डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै बैंकमा खाता भएका एवम् नभएका ग्राहकलाई समेत लक्षित गर्दै डिजिटल बैंकिङ सेवा […]

ज्योति विकास बैंकद्वारा ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु

काठमाडौँ – ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवा मोबाइल बैंकिङ एप वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको हो। बैंकले आइतबारबाट डिजिटल बैंकिङ सेवालाई थप प्रवद्र्धन गर्दै बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्ष्य गर्दै समान […]